बलिउड स्टार सलमान खानको एक पछि अर्को सहयोग, कोरोनाका कारण संकटमा परेका २५ हजार कर्मचारीहरुलाई गरे आर्थिक सहयोग — OSNepal

बलिउड स्टार सलमान खानको एक पछि अर्को सहयोग, कोरोनाका कारण संकटमा परेका २५ हजार कर्मचारीहरुलाई गरे आर्थिक सहयोग

LC (KTM) June 09, 2021 0

कोरोनाको यो महामारीका बेला बलिउडमा एकले अर्कोलाई सहयोग गर्ने क्रम जारी रहेको छ । बलिउडका नायक तथा नायिकाहरुले बिशेष गरेर दैनिक मजदुरी गरेर गुजारा चलाउने फिल्म प्राबिधिकहरुलाई सहयोग गर्ने क्रम बढेको छ । बलिउड स्टार सलमान खानले यसअघि २५ हजार सिने क्षेत्रका कर्मचारीहरुलाई लाई सहयोग गर्ने घोषणा गरेका थिए ।

सोही अनुसारको कोरोना महामारीबाट आर्थिक संकटमा परेका सिने क्षेत्रका २५ हजार कर्मचारीहरुलाई आर्थिक सहयोग पठाउन सलमानले सुरु गरेका छन्। यसअघि सलमानले सिने क्षेत्रका कर्मचारीहरुलाई आर्थिक सहयोग गर्ने बताएपनि सहयोग रकम खुलाएका थिएनन्। सलमानले प्रत्येक कर्मचारीलाई १,५०० भारु आर्थिक सहयोग गर्ने सार्वजनिक भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर