काठमाडौ १६ चैत । नेकपा ९एकीकृत समाजवादी०का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताएका छन् । बुधवार पार्टीले गैरआवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनाले यस्तो बताएका हुन् ।
संविधानको रक्षाका लागि, लोकतन्त्रको रक्षाका लागि र गणतन्त्रको रक्षाका लागि आफूहरुले पाँचदलीय गठबन्धन बनाउनुपर्ने एउटा बाध्यात्मक स्थिति खडा भएको बताएका उनले यसलाई दृढतापूर्वक एकताबद्ध भएर जाने कुराहरुमा आफुहरु सबैले निर्णय पनि गरिसकेको स्पष्ट पारेका छन् ।
सत्तारुढ दलहरुको पाँच दलीय गठबन्धन बन्ने र विपक्षमा अर्को चार दलीय गठबन्धन बन्नसक्ने बताएका उनले नेपाली जनमत दुई वटा गठबन्धनका बीचमा विभाजित हुन सक्ने बताएका हुन् ।
यहाँ गठबन्धन–गठबन्धन बन्ने खालको स्थिति आएको भन्दै उनले भने , ‘हामी पाँच दलिय गठबन्धनमा छौँ । अब अर्कोपनि गठबन्धन चार दलीय गठबन्धन बन्छ कि । त्यो खालको अवस्था छ र दुईवटा गठबन्धनको बिचमा नेपाली जनमत विभाजित हुने स्थिति छ ।’
संविधानमाथि, गणतन्त्रमाथि, संसदमाथि जुन खालका खतरा पैदा भए त्यो खतरालाई अहिले आफुहरुले रोकेको दावी गरेका समेत गरेका छन् ।