काठमाडौं १६ चैत । नेकपा माओवादी अध्यक्ष प्रचण्डले इमान्दारिता र दृढताका साथ काम गरे देश बनाउन समय नलाग्ने बताएका छन् । गृह जिल्ला पुगेका प्रचण्डले बुधबार नवनिर्मित सब स्टेसनको उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले देश तीब्र विद्युतीकरणमा गएको भन्दै लोडसेडिङको चरम मारमा रहेको मुलुक अहिले धेरै विद्युत हुने र विदेशसम्म बेच्न मिल्ने अवस्था आइसकेको बताएका छन् ।
‘लोडसेडिङमुक्त देशमात्रै होइन्, अब त विद्युत सरप्लस १ धेरै विद्युत हुने र विदेशसम्म बेच्न मिल्ने अवस्थासम्म देश आइपुग्यो’ उनले भने ।
ऊर्जामन्त्री पम्फा भुसाल र नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ समेत सहभागी रहेको सो कार्यक्रममा प्रचण्डले अघि भने,’अब हामी यातायात पनि विद्युतबाटै, चुलोचौको पनि विद्युतबाटै, सिँचाइ पनि विद्युतैबाट र सबैचिज विद्युतबाट गर्नेतिर यो देश अगाडि बढ्दैछ ।’