काठमाडौं १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज २ अर्ब लागतको तरकारी बजारको उद्घाटन गर्ने भएका छन् ।
एमालेका केन्द्रीय सदस्यसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईले भक्तपुको सूर्यविनायकस्थित सिपाडोलमा सन्चालनमा ल्याएको तरकारी बजारको आज अोलीले उद्घाटन गर्ने भएका हुन् ।
प्रसाईले ‘सूर्यविनायक हरित कृषि थोक बजार’ सञ्चालनमा ल्याएका छन् । ३५ रोपनी क्षेत्रफलमा फैलिएको उत्तः तरकारी बजार प्रत्येक दिन राति २ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहने प्रसाईले जनाएका छन् ।
उक्त तरकारी बजारको उद्घाटनमा जाँदा ओलीलाई नेता महेश बस्नेतको टोलीले मोटरसाइकलमार्फत स्कर्टिङ गर्दै उद्घाटन स्थलमा पुर्याउने भएका छन् ।