अनुसा थापा- नेपाल सरकारले नेपाली कलाकारहरुलाई राष्ट्रिय गहना भनेर सम्मान गर्ने गरेको छ । कलाकारहरु राष्ट्रको प्रतिष्ठा हुन् भन्ने सरकारको बुझाइ छ । फिल्म, टेलिश्रृंखलामा अभिनय गर्नेदेखि लिएर म्युजिक भिडियो खेल्ने, गीत गाउनेलगायतका सबै कलाकारमा गनिन्छ । उनीहरुलाई सरकारले बाचुञ्जेल त सम्मान गरिहाल्छ, मरिपछि पनि देशको गहना गुमाएको प्रति भाव व्यक्त गर्ने गरेको छ । मुलुकमा चेतना फैलाउन कलाकारहरुको निकै अह्म भुमिका छ । उनीहरु अभिनयदेखि लिएर गीतहरु अभियानजस्तै हुनुपर्छ । जुनैपनि फिल्म होस् या म्युजिक भिडियो त्यसमा परिवर्तन ल्याउनुपर्ने अभ्यास गरिएको हुनुपर्छ । राज्यको आँखामा नपुगेको ठाँउ विकासलाई लिएर कलाकारले गीत गाउनुपर्ने हो । कलाकारहरुले चाहेभने धेरै परिवर्तन गर्न सक्छन् । कलाकारहरु राज्यको मात्र होइन् जनताको पनि गहनाको रुपमा चिनिन सक्नुपर्छ । गीत र अभिनय जहिलेपनि पाठ दिने खालको हुनुपर्छ । मुलुकको भएका विकृति जस्तैः भ्रष्ट्राचार, बलात्कार, ठगी, अन्याय, अत्याचार, दाइजोलगायतको विषयलाई उठान गरेर कलाकारले गीतमार्फत बाहिर ल्याउन सक्छन् । कलाकारसंग यति क्षमता हुन्छ कि उसले गीतमार्फत विकासको मुल फुटाउन सक्छ । चाहे हाम्रै छिमेकी होस् त्यहाँका कलाकारहरुले निकै परिवर्तनशील भुमिका निभाइरहेको हुन्छन् ।
देशलाई पर्दा उनीहरुले आफ्नो मुलका जनतालाई राहत दिन्छन् । महामारीकै बेलामा पनि अरु मुलुकका कलाकारले आफ्नो राज्य र जनतालाई कति सहयोग गरे । उनीहरुले कहाँ खानेपानी छैन्, शिक्षाको कहाँ खाचो छ त्यहाँ गएर आफ्नो कमाइले विकास गर्छन् । उनीहरुले कुनै राजनितिक पार्टीका सदस्यता पनि लिएका हुदैनन् । आफुलाई स्वतन्त्र बताउने उनीहरु राज्य र जनता दुवैका गहना ह्ुन् । तर, नेपालका कलाकारहरुले ठ्याक्कै उल्टो काम गरेका छन् । हरेक कलाकारले राजनितिक पार्टीको सदस्यता लिएका छन् । उनीहरु स्वतन्त्र नभई पार्टीगत चलेका छन् । आफ्नो पार्टीले भनेपछि जस्तोपनि गीत गाइदिन्छन् । सोच्दैनसोची मुलुकलाई नै अप्ठयारो पाउने गीत गाउछन् । राम्रो चेतना दिने खालका होइनन् गलत र भ्रममा पार्ने खालका गीत गाउछन् । अर्का पार्टी गिराउनेका लागि जस्तो मनलाग्यो त्यस्तै गीत गाउने, अनि दबाब थेग्न नसकेपछि युट्युबबाट हटाउने । कुनैपनि गीत गाउनअघि कलाकारले समाज र राष्ट्रमा कति क्षति पुग्छ यसबारे ख्याल गर्नुपदैन् । सुन्नपनि पनि लाज लाग्न खालका गीत कलाकारहरु गाउछन् । यसबाट समाजले के सिक्ने ? आफुले गाएको गीतकाट समाज र राज्यलाई कति असर पर्छ त्यो सोच्नुपर्दैन् ? कलाकारहरु कहिले जिम्मेवार बन्छन् । छिनको रमाइलोका लागि जस्तो मनलाग्यो गीत गाउने, अभिनय गर्ने । अनिपछि दबाब आएपछि हटाउने ? यस्तो गर्नेलाई सरकारले कानुनको दायरामा ल्याउनुपर्दैन् ?
पछिल्लो समय निर्देशकहरुले पनि बिना औचित्यका फिल्महरु बनाइरहेका छन् । फिल्म न कथा हुन्छ न कुनै चेतना फैलाउने गतिविधि । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सुचना तथा सञ्चार मन्त्रालयको अनुमतिबिना फिल्म र म्युजिक भिडियो बनाउन नदिने निर्णय गर्नुपर्छ । कलाकारहरुले कुन म्युजिक भिडियो बनाउन लागेको, कुन फिल्मको निर्माण हुदैछ यसको जानकार सरकार हुनुपर्छ । गीत लेखिसकेपछि सम्बन्धित विभाग र मन्त्रालयलाई देखाउनुपर्छ । सम्बन्धित मन्त्रालय र विभागले त्यस गीतबारे जाँचबुझ गरेर मात्र स्वीकृति दिनुपर्छ । होइन् भने जथाभावी गीत र फिल्म बनाउने कार्यको अन्त्य हुदैन् । समाजमा थप विकृति फैलिन्छ भने यसले नराम्रो सन्देशबाहेक अरु केही दिदैन् । सरकारको स्वीकृति बिना कसैले केही गर्न पाउदैन् भने कलाकार पनि त्यसअन्तर्गत पर्दछन् । पछिल्लो समय नेपालमा म्युजिक भिडियो बनाउनेको संख्या ह्वात्तै बढेको छ ।
कलाकारहरु पनि जथाभावी रुपमा ल्याएका छन् । यता, दोहोरी खेल्ने कलाकारहरु पनि उस्तै छन् । एकछिनको रमाइलोको लागि फोहोरी र अश्लिल शब्दको प्रयोग गर्दछन् । तर, त्यस्तो शब्दले अरुलाइृ कति असर पुग्छ भनेर उनीहरुले सोचविचार गर्दैनन् । सरकार, जनता, समाज र आफ्नै घरपरिवार नसोच्ने कलाकारबाट के सिक्न पाइन्छ ? यस्तो पाराले देश कतातिर जान्छ ? समाजलाई सही बाटोमा लैजानुको साटो गलत बाटोमा धकेल्नेलाई कानुनको दायरामा ल्याउनुपर्छ । कलाकार हुन् भन्दैमा छाडा छोड्न पाइदैन् । उनीहरुभन्दा माथि राज्यको ऐनकानुन र नेपाली समाज आँउछ ।
उमेर नपुगेका, नबालकले समेत दोहोरी साझमा गीत गाइरहेको भेटिन्छन् । पढ्न, खेल्ने उमेरमा उनीहरुको श्रम शोषण गरिरहेको छ । १६ वर्ष पुगेपछि उसले काम गर्न पाउछ । तर, दोहोरी साँझहरुमा ससाना वालवालिकालाई समेत गीत गाउन लगाइन्छ । अनि कहा छ सरकारको ऐनकानुन ? कानुनको धज्जी उडाउने कलाकारलाई कारबाही गर्नैपर्छ ? भिडियो खेल्न र गीत गाउनका लागि पनि निश्चित मापदण्ड तोकिनुपर्छ । हिरोहिरोइन बन्न लायक नभएका पनि फिल्म खेलिरहेका छन् ।
गीत गाउन नजान्नेलाई पनि गीत गाउन लगाएका छन् । अभिनय गर्न नआउनेलाई मोडल बनाएका छन् । पछिल्लो समय चलचित्र क्षेत्रमा आफन्त घुसाउने प्रवृत्ति बढ्दो छ । आफन्त हो भन्दै जान्दै नजानेकालाई फिल्ममा प्रमुख भुमिका दिने गरिएको छ । यसले झनै वेतिथि निम्त्याएको छ । हाम्रो राष्ट्रिय पोशाक पुरुषको हकमा दौरासुरुवाल र ढाकाटोपी हो । सारीचोली र पछ्यौरा महिलाहरुको राष्ट्रिय पोशाक हो । पहिलेका महिलाहरु समाजमा विकृति फैलिन्छ भनेर आफ्नो पैतालासमेत छोपिने गरी सारी लगाउथे । आफ्नो र अरुको सुरक्षाप्रति उनीहरु निकै जिम्मेवार थिए । नातेदार, समाज र सरकारको ख्याल उनीहरुलाई हरदम रहन्थ्यो । तर, आधुनिकताको नाममा छोटा लुगा प्रचलनमा आएका छन् । जसले समाजमा विकृति ल्याइदिएको छ । आफ्नै परिवारसंग बसेर हेर्न नसक्ने म्युजिक भिडियो र फिल्महरु बनेका छन् ।
आफ्नो अंग देखाउनका लागि अभिनय गर्न आएकोजस्तो देखिन्छ । यसको नकारात्मक प्रभाव भने हाम्रो समाजले खेपिरहेको छ । छोराछोरी सुधार्न अभिभावकको निकै ठुलो भुमिका रहन्छ । त्यसैगरी, समाज सुधार्न हरेक नागरिकको भुमिका रहन्छ । नागरिक आफै सही बाटोमा हिड्ने हो भने समाजमा भएका विकृति सबै हट्छ । यता, मुलुकको विकास पनि सम्भव हुन्छ । हरेक मानिसले समाजप्रति जिम्मेवार बन्नुपर्छ । आफ्नो कारणले कसैलाई केही नराम्रो नहोस् भनेर हरेक नागरिकले ख्याल गर्नुपर्छ । एउटा साधारण मानिसले त केही काम गर्नुअघि समाजको बारेमा ख्याल गर्नुपर्छ भने उनीहरु त कलाकार । उनीहरु समाज र राष्ट्रप्रति हामीभन्दा पनि धेरै जिम्मेवार हुनुपर्छ । कलाकारहरु पुरै मुलुक र समाजको अभिभावक हुन् । उनीहरुले गरेको कामकाज त सबैले नियालिरहेका हुन्छन् । उनीहरुले जे लगाए अरुलाई पनि त्यही लगाउनुपर्ने मोह जाग्छ । हाम्रो समाजमा पनि त्यस्तै भएको छ । कलाकारहरुले समाजमा के गर्नुहुन्छ, हुदैन् भनेर सोचिदिएको भए आज मुलुकको रुप अर्के हुन्थ्यो होला । आफ्नो संस्कृति र मानमर्यादालाई सबैले ध्यानमा राख्नुपर्छ । संस्कृतिको बचाउ गर्न सबै लागि पर्नुपर्छ । सरकारले संस्कृति झल्काउने र चेतना फैलाउने खालका फिल्म मात्र बनाउन दिनुपर्छ । जथाभावी छोटा लुगा लगाएर फिल्म खेल्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।
गीत गाउने कलाकारहरुले भड्किलो गीत गाउन बन्द गर्नुपर्छ । समाजलाई दुई धार पार्ने खालका गीतहरु गाउनमा रोक लगाउनुपर्छ । विवाद र विकृति फैलाउने गीत बजाउन दिनुहुन्छ । हामीलाई अपच हुने र सुन्ने नसक्ने गीतहरुमा प्रतिबन्ध लगाउनुपर्छ । २०७२ सालमा नेपालमा महाभुकम्प आयो । तर, कलाकारहरुले समाजको लागि के गरे ? २०७६ सालमा नेपाललाई कोरोनाले च्यापो । मुलुकभर लकडाउन भयो । त्यसपछि पुन २०७८ सालमा लकडाउन गरियो । मुलुकका जनताहरु भोकभोकै हिडे तर कलाकारहरुले केही गरेनन् । न उनीहरुलाई राष्ट्रको माया भयो न जनताको । बरु, पार्टीको झोला बोकेर राजनितिमा छिरे । २०७४ सालमा कोमल वली एमालेमा छिरिन् । उनलाई केपी ओलीले मनोनित सांसद् घोषणा गरिदिए । तर, बिसौ वर्ष एमालेमा लागेर आफ्नो घरखेत सिद्धाएका कार्यकर्ताले मनोनित सांसद् पाएनन् । एउटा गीत गाउने कलाकारले पार्टीमा कुनै योगदान नै नगरी मनोनित सांसद् भइन् ।
वलीजस्तै सांसद् बन्न पाउछु भनेर करिश्मा मानन्धर पनि एमालेमा प्रवेश गरेकी छिन् । ओलीले फेरिपनि अस्ति छिरेको कलाकारलाई टिकट दिने होलान् । बिसौ वर्ष पार्टीका लागि योगदान गरेका त मारमा पर्छन् । हिजोअस्ति राजनितिमा छिरेकासंग के अनुभव छ उनीहरुले पार्टीको लागि के योगदान गरेका छन् । यसले थप विकृति ल्याउने काम मात्र गरिरहेका छन् । २०७४ सालको चुनावमा माओवादीे रेखा थापालाई सांसद्को टिकट नदिएपछि उनी रापप्रामा लागिन् । पार्टीले पनि कार्यकर्तालाई टिकट नदिने कलाकारलाई दिने । उमेर भएसम्म कलाकार बन्ने पैसा कमाउने । उमेर ढल्केपछि राजनितिमा लाग्ने । यिनीहरुलाई पार्टीले टिक दिएपनि जनताले भोट दिदैनन् । कलाकारसंग राजनिति गर्न सक्ने क्षमता छैन् भन्ने जनतालाई राम्रोसंग आभास छ । नेपालका कलाकारहरु राष्ट्रको गहना होइनन् पार्टीका कार्यकर्ता हुन् । यस्ता कार्यकर्ताले मुलुकमा के विकास गर्लान् । जनताले यिनीहरुबाट के अपेक्षा राख्लान् । जनताले यो कुन पार्टीको कार्यकर्ता हुन् भनेर चिन्छन् तर कलाकार भनेर चिन्दैनन् । कलाकारहरुले राजनितिक पार्टीको झोला बोक्नु भनेको देश र जनताको लागि दुर्भाग्य हो ।