पछिल्लो पटक नेपालको खराब प्रर्दशन संगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको एकदिवसीय वरीयतामा दुई स्थान तल झरेको छ ।आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालले १८ औं स्थानमा झरेको छ । यस अघि नेपाल १६ औं स्थान रहेको थियो ।
नेपालले हालै पपुवा न्युगिनी पीएनजी विरुद्धको एकदिवसीय सिरिज गुमाएको थियो । टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ ।टी-ट्वान्टीमा नेपाल १३ औं स्थानमा रहेको छ ।एकदिवसीय वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानमा रहदा इंग्ल्यान्ड दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहेको छ । भारत चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेको छ ।