काठमाडौँ, १५ चैत – प्रहरीले बैकिङ कसुर मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बंैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु ४० लाख जरिवाना गरेपछि फरार रहेका स्याङ्जाको आधिखोला गाउँपालिका–४ का ५२ वर्षीय काजी गुरुङलाई सोमबार सामाखुशीबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको २०७८ फागुन १ गतेको फैसलाअनुसार ६ दिन कैद सजाय र रु ४० लाख जरिवाना गरेपछि फरार गुरुङलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ गुरुङले एभरेष्ट बैंक लिमिटेड गोङ्गबु शाखाको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै चेक दिएर बंैकिङ कसुरजन्य अपराध गरेका थिए । अदालतले गुरुङलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम फैसला सुनाएको थियो । गुरुङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो ।(रासस)