अत्यान्तै दुखद खबर : इलाममा जङ्गली च्याउ खाँदा टीकाबहादुर र जीतबहादुरको मृत्यु,दुई जनाको गम्भिरअबस्था अस्पतालमा उपचार हुदै — OSNepal

अत्यान्तै दुखद खबर : इलाममा जङ्गली च्याउ खाँदा टीकाबहादुर र जीतबहादुरको मृत्यु,दुई जनाको गम्भिरअबस्था अस्पतालमा उपचार हुदै

LC (KTM) June 09, 2021 0

काठमाडौ । इलामको सन्दकपुर गाउँपालिका वडा नं १ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राई छन् ।

दुवैले गत शनिवार इलाम नगरपालिका वडा नं ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए ।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार टीकाबहादुरको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मंगलबार मृत्यु भएको तथा जीतबहादुरको आफ्नै घरमा मृत्यु भएको हो ।

वीरमान र उहाँकी पत्नी विष्णुकुमारीलाई समेत विषालु च्याउ खाएका कारण बिरामी भएर बिएण्डसी हस्पिटलमा उपचारका लागि ल्याइएको थियो । उपचारपछि उहाँहरु घर फर्किसक्नुभएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर