काठमाडौं १५ चैत । मंगलबार बसेको नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठकले स्थानीय तह निर्वाचनको चुनावी कमान्डरमा उपसभापति पूर्णबहादुर खड्कालाई बनाएको छ ।
खड्काको नेतृत्वमा चुनाव परिचालन समिति बनाउने तयारी समेत भएको छ ।
पदाधिकारी बैठकले पारित गरेको यो प्रस्ताव अब केन्द्रीय समितिमा पेस हुने भएको छ ।
यसैगरी, पदाधिकारी बैठकले चुनावी प्रचार प्रसार समितिको नेतृत्व भने प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा बनाउन तोकेको छ ।