काठमाडौं १५ चैत । विवेकशील साझा पार्टीबाट निकाष्शित संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रलाई छोटे हिट्लरको नाम दिएका छन् । आफ्नै पार्टी कार्यालय कब्जा गरेका मिश्र पक्षले गरेको यो कार्य अलोकतान्त्रिक भएको भन्दै उनले कदमको घोर भर्त्सना गरेका छन् ।
पार्टी अफिस मिश्रको पेवा नभएको बताएका उनले मिश्रले आफ्नै पार्टीका नेताहरूलाई पार्टी अफिसमा प्रवेशमा रोक लगाएर पार्टी कब्जा गर्ने प्रयत्न गरेको आरोप समेत पाण्डेले लगाएका छन् ।
आज मिश्र विपक्षले पार्टी कार्यालयमा नै पत्रकार सम्मेलन गरी मिश्रलाई तिन दिने स्पष्टिकरण सोध्ने भनेपछि मिश्र पक्षले विपक्षलाई पार्टी प्रवेशमा रोक लगाएको थियो ।
पाण्डेले भनेका छन्, आज रवीन्द्र मिश्रले आफ्नै पार्टीका नेताहरूलाई पार्टी अफिसमा प्रवेशमा रोक लगाएर पार्टी कब्जा गर्ने प्रयत्न गरे।यो उनको अर्को अलोकतान्त्रिक कदम हो।साथीहरू, रवीन्द्र मिश्र नेपाली राजनीतिका छोटे हिट्लर हुन्।म मिश्रको यो कदमको घोर भर्त्सना गर्छु।पार्टी अफिस मिश्रको पेवा होइन।