काठमाडौं १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालिन प्रमुख सहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा अख्तियारले तत्कालिन प्रमुख परशुराम कोइरालासहि ६ जना विरुद्ध मुद्धा दायर गरेको हो । लेखा सहायकको प्रथम पत्र परीक्षण गर्ने क्रममा रीक्षार्थीको उत्तरपुस्तिका केरमेट गरेको, प्राप्ताङ्कमा हेरफेर गरी मेरिट सूची फेरबदल गरेको आरोपमा अ ख्तियारले उनीहरुविरुद्ध मुद्धा दायर गरेको हो ।
तत्कालिन प्रमुख कोइरालासहित प्रथम पत्र परीक्षण गर्ने सहप्राध्यापक केशव घिमिरे, दोस्रो पत्र परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपाने, पुस्तकालय सहाय पदको दोस्रो पत्र परीक्षण गर्ने पुस्तकालय सहप्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका संपरीक्षण गर्ने प्रा डा। टेकनाथ ढकाल, उत्तरपुस्तिका रुजु गर्ने सेवा आयोगका तत्कालिन प्रमुख परशुराम कोइराला र तत्कालिन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
२०७४ सालमा भएको लेखा सहायक र पुस्तकालय सहायकको पदको लिखित परीक्षामा अनियमितता गरेको आरोपमा अख्तियारले ६ जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।