काठमाडौं १५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ शंकरनगरस्थित बनबाटिकामा निर्माण गरिएको भ्यूटावरको उद्घाटन गर्दै आफुहरुले दुर्गमलाई सुगब बनाएको अभिव्यक्ति दिएका छन् ।
एमाले सरकारमा आएपछि मुलुकमा धेरै विकास भएको दावी गरेका उनले भारतबाट मात्रै निर्भर भइरहेको ठाउँमा चीनतिरबाट यातायात पारवाहन सन्धि सम्झौताहरु गर्ने, आवागमन दुवैतिरबाट खोल्ने, नाकाहरु खोल्ने काम भएको बताएका छन् ।
‘हामी सरकारमा आएपछि देशभरिमा के भयो, देशको अवस्था। दुर्गमलाई पनि हामीले सुगम बनाएका छौँ’उनले भने ।
यो पनि …
भारतको गोरखपुरसम्म देख्न सकिने धरहरा पछिको सबैभन्दा अग्लो भ्यु टावरको उद्घाटन अध्यक्ष ओलीबाट सम्पन्न
काठमाडौं १५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० तले भ्युटावरको उद्घाटन गरेका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका– २ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यु टावरको उद्घाटन ओलीले गरेका हुन् ।
भारतको गोरखपुरसम्म देख्न सकिने उक्त भ्यु-टावरमा सुविधा सम्पन्न लिफ्टसहित रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय रहेको छ ।
साथै टावरको पहिलोदेखि छैटौँ तलासम्म व्यावसायिक प्रयोजन लागि प्रयोग गरिने छ भने बाँकी तलाबाट दृश्यावलोकन हुने बताइएको छ ।
कूल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको यो भ्युटावर काठमाडौंको नौ तले धरहरा पछिको सबैभन्दा अग्लो टावर हो ।