काठमाडौं १५ चैत । आगामी वैशाख ३० गते देशैभर एकैचरणमा हुने स्थानीय तह निर्वाचनको लागि चाहिने मतपत्र नेपाली सेनासहित सुरक्षाकर्मीको निगरानीमा छापिने भएको छ ।
जनक शिक्षा सामग्री केन्द्रले छाप्ने उक्त मतपत्र नेपाली सेनासति १५० जना सुरक्षाकर्मीको निगरानीमा मतपत्र छपाइ हुने भएको हो ।
जनक शिक्षाका सूचना अधिकारी चित्रकुमार आचार्यले दिएको जानकारी अनुसार चैत १७ गते निर्वाचन आयोगले २ करोड थान नमुना मतपत्र छाप्ने निर्णय गरेसँगै आज सेनाको टोली आउँने भएको छ ।
सेनाले मतपत्र छपाइ स्थलको सुरक्षा प्रबन्ध मिलाउने बताएका उनले तपत्र छपाइस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेरामा सुरक्षा तैनाथ हुने बताएका छन् ।
साथै, नक शिक्षामा कायम सिसिटिभी क्यामेरा पनि थप गरिन २ करोड मतपत्र छाप्न ९ वटा मेसिन तयारी अवस्थामा राखिएको छ ।