खोलाघारीमा जंगली वि षालु च्याउ खाँदा दुई जनाको मृ त्यु — OSNepal

खोलाघारीमा जंगली वि षालु च्याउ खाँदा दुई जनाको मृ त्यु

LC (KTM) June 08, 2021 0

झापा, २५ जेठ – इलामको सन्दकपुर गाउँपालिका वडा नं १ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा आज मृ त्यु भएको छ । मृ त्यु हुनेमा ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राई छन् । दुवैले गत शनिवार इलाम नगरपालिका वडा नं ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार टीकाबहादुरको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा आज मृ त्यु भएको तथा जीतबहादुरको आफ्नै घरमा मृ त्यु भएको हो ।वीरमान र उहाँकी पत्नी विष्णुकुमारीलाई समेत वि षालु च्याउ खाएका कारण बिरामी भएर बिएण्डसी हस्पिटलमा उपचारका लागि ल्याइएको थियो । उपचारपछि उहाँहरु घर फर्किसक्नुभएको प्रहरीले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर