काठमाडौं १४ चैत । नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।
बैठकमा स्थानीय तह निवार्चनको लागि देशभरका जिल्लाहरुमा खटिएका प्रतिनिधिहरुले आ आफ्नो प्रतिवेदन बुझाउने छन् । शुक्रबार र आइतबार केहिले आफ्नो प्रतिवेदन बुझाए भने केहिले आज बुझाउँने भएका हुन् ।
साथै, आजको बैठकमा पार्टीका १३ जना पदाधिकारीले धारणा राख्ने भएका छन् । आज पदाधिकारीले धारण राखे पनि बैठकको निणर्य भने भोली मंगलबार मात्र सार्वजनिक गरिने बताइएको छ ।