सुदूरपश्चिम प्रदेशमा आज पहिलो पटक कोरोना सङ्क्रमणबाट मृ त्यु हुने दर शून्य — OSNepal

सुदूरपश्चिम प्रदेशमा आज पहिलो पटक कोरोना सङ्क्रमणबाट मृ त्यु हुने दर शून्य

LC (KTM) June 08, 2021 0

सुदूरपश्चिम, २६ जेठ- गत दुई महिनायता सुदूरपश्चिम प्रदेशमा आज पहिलो पटक कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको दर शून्यमा झरेको छ । पछिल्लो २४ घण्टामा यो प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । यो अवधिमा एक हजार ५२१ नमूना परीक्षण गरिएकोमा २९३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । योसँगै यो प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४१ हजार ८६९ पुगेको छ । पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ४३६ जना रहेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयलका अनुसार प्रदेशका विभिन्न अस्पतालमा आज भेन्टिलेटरमा चार, सघन उपचार कक्षमा आठ र कोभिड वार्डमा १४ जना बिरामी भर्ना हुनुभएको छ । दोस्रो लहरको कारोना भाइरस सङ्क्रमण फैलिएयता यही जेठ ७ गते एकै दिन प्रदेशमा सबैभन्दा बढी ९८४ जना नयाँ सङ्क्रमित थपिएका थिए । प्रदेशमा सबैभन्दा बढी एकै दिन ३१ सङ्क्रमितको मृत्यु भएको थियो । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञाको अवधि यही जेठ ३१ सम्म थपिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर