रामलाई नदीले बगाउन थालेपछि उद्धारका लागि गएका दिदी बहिनीलाई नै भेरीले बगायो,गहिरो शोकमा परिवार — OSNepal

रामलाई नदीले बगाउन थालेपछि उद्धारका लागि गएका दिदी बहिनीलाई नै भेरीले बगायो,गहिरो शोकमा परिवार

LC (KTM) June 08, 2021 0

जाजरकोट , २५ जेठ – भेरी नदीमा डुबेर पश्चिम रुकुमकी एक बालिकाको मङ्गलवार दिउँसो मृ त्यु भएको छ । उनकी दिदी नदीमा बेपत्ता भएकी छन् । त्यस्तै एकजना घाइते भएका छन् । पश्चिम रुकुमको चौरजहारी नगरपालिका –१२ दुरनेटाका अम्मर डाँगीकी ११ वर्षकी छोरी गीताको नदीमा डुबेर मृ त्यु भएको प्रहरीले जनाएको छ ।

जाजरकोट प्रहरीका अनुसार गीताको दिदी दीपा नदीमा बेपत्ता भएकी छन् । सँगै गएका सोही ठाँउका १७ वर्षका रामबहादुर डाँगी घाइते भएका छन् । उनलाई नदीमा बग्दा बग्दै उद्धार गरिएको हो । जाजरकोट भेरी नगरपालिका १ रावतगाँउमा रहेका आफन्त भेट्न आएका उनीहरु गर्मी छल्न भन्दै नदीमा पौडी खेल्न थालेको र पौडी खेल्ने क्रममा रामबहादुरलाई नदीले बगाउन थालेपछि उद्धारका लागि गएका दिदी बहिनी समेत बगेका थिए ।

गीता र रामबहादुरलाई तत्काल स्थानीयले उद्धार गरेपनि उपचारको क्रममा गीताको जाजरकोट अस्पतालमा मृ त्यु भएको प्रहरीले जनाएको छ । रामबहादुरको अवस्था भने सामान्य बन्दै गएको छ । बेपत्ता दीपाको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर