अस्थायी प्रहरी पोष्ट तोडफोड गर्ने ५ जना पक्राउ — OSNepal

अस्थायी प्रहरी पोष्ट तोडफोड गर्ने ५ जना पक्राउ

LC (KTM) June 08, 2021 0

सुनसरी, २५ जेठ-धरान उपमहानगरपालिका-१५ नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोडमा गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-५ बस्ने २४ वर्षीय विक्रम राई, सोही उपमहानगरपालिका-३ बस्ने २७ वर्षीय सिजन राई, सोही उपमहानगरपालिका-४ बस्ने २६ वर्षीय कालु भन्ने सरोज लिम्बु, सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय बसन्त राई र सोही उपमहानगरपालिका-१५ बस्ने ३२ वर्षीय रेगन लिम्बु रहेका छन् । उनीहरुमध्ये विक्रम, सिजन र सरोजलाई धरान उपमहानगरपालिका-५ देउरालीबाट जेठ १८ गते तथा बसन्त र रेगनलाई धनकुटा छथर पोखरी-४ बन्चरेबाट सोमबार पक्राउ गरिएको हो ।

जेठ १३ गते प्रहरी पोष्ट तोडफोड भएको घटनामा संलग्न रही फरार रहेका उनीहरुको खोजी गर्न क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले मोरङ, तेह्रथुम र धनकुटाका प्रहरी कार्यालय र १ नम्बर प्रदेश प्रहरी व्यूरो समेतको सहयोगमा घटनामा संलग्न १० जनामध्ये ५ जनालाई पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत सुनसरीमा ज्यान सम्वन्धी कसूर अन्तर्गत मुद्दा दर्ता भई थप अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर