चिनियाँ कम्युनिष्ट पार्टीबाट प्राप्त सामग्री सरकारलाई हस्तान्तरण — OSNepal

चिनियाँ कम्युनिष्ट पार्टीबाट प्राप्त सामग्री सरकारलाई हस्तान्तरण

LC (KTM) June 08, 2021 0

काठमाडौँ, २५ जेठ – सत्तारुढ नेकपा (एमाले) ले चिनियाँ कम्युनिस्ट पार्टीबाट कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि प्राप्त स्वास्थ्य सामग्री आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जारी गर्नुभएको विज्ञप्तिमा हाइड्रोजन अक्सिजन जेनेरेटर विथ नेबुलाइजर (कन्सन्ट्रेटर) ३० थान र एन–नाइन्टी फाइभ मास्क एक लाख थान सामग्री हस्तान्तारण गरिएको जनाइएको छ । सो कार्यले कोभिड–१९ का विरुद्धको लडाइँमा थोरै भए पनि मद्दत पुग्ने विश्वास सो पार्टीले लिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर