काठमाडौ १३ चैत । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत ताकिदिएको छ । आयोगले निर्वाचनको लागि ६७६ जना निर्वाचन अधिकृत र नियुक्क्त गरेको जनाएको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुनेगरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ ।
नियुक्क्त गरिएका अधिकृतको नामवली आयोगले गोरखा पत्रमा प्रकाशित गरेको छ ।
निर्वाचन अधिकृतमा नियुक्त कर्मचारीको कार्यरत कार्यालयको ठेगाना, सरुवा वा अन्य कुनै कारणले फरक परे हाल कार्यरत रहेको कार्यालयले पठाइदिनसमेत आयोगले सुचनामा उल्लेख गरेको छ ।