सिन्धुपाल्चोक-मेलम्ची मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि लायन्स क्लब अफ काठमाडौँ सिन्धु चौतारा सिटिका रमेश श्रेष्ठ र प्रकाश श्रेष्ठले हात पार्नुभएको छ ।
दोस्रोमा राजन श्रेष्ठ र अभिषेक गुरुङ हुनुभएको छ भने तेस्रो किसन दुलाल, राजकुमार तामाङ, पूर्ण बहादुर थापा र अजय तामाङ हुनुभएको छ । प्रतियोगितामा जिल्लातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ३० हजार, २० हजार र १० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै हिजो भएको नगरतर्फको प्रतियोगितामा किसन दुलाल र दिपक दुलालको जोडी पहिलो, दीपेन्द्र दुलाल र राजु सापकोटा दोस्रो त्यसैगरी सिपी दुलाल र सुदर्शन दुलाल, भीमसेन डङ्गोल र रविन बोम्जनको जोडी तेस्रो भएको थियो ।
नगर स्तरीय खुल्ला पुरुष डबल्स प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको मेलम्ची ब्याडमिन्टन एकेडेमीका अध्यक्ष कुमार सापकोटाले जानकारी दिनुभयो ।
विजेतालाई पुरस्कार वितरण गर्दै नगर प्रमुख डम्बर अर्यालले सीप र क्षमताको आधारमा प्रतियोगिता जितिने हुनाले निरन्तर मेहनत गर्न आग्रह गर्नुभयो । सिन्धुपाल्चोकमा ब्याडमिन्टन खेल प्रेमीहरू बढिरहेकोले यसको विकास गर्नु जरुरी रहेको अर्यालको भनाई थियो ।
यस्तै मेलम्ची नगर स्तरीय तेस्रो मेयर कप भलिबल प्रतियोगिता २०७८ सुरु भएको छ । योङ स्टार युवा क्लब दुवाचौरको आयोजनामा आयोजित भलिबलको मेलम्ची नगर प्रमुख डम्बर अर्यालले उद्घाटन गर्नुभयो ।
खेलमा नगर भित्रका १३ टिम सहभागी छन् । दुवाचौर मैदानमा हुने खेल पर्सिसम्म चल्ने छ । मेलम्ची ७ र मेलम्ची ९ बिचको उद्घाटन खेलमा मेलम्ची ७ विजयी भएको छ । दोस्रो खेलमा मेलम्ची २ निबुगाँउले बिजयी सुरुवात गरेको छ उसले वडा न ५ लाइ पराजित गरेको हो ।
त्यस्तै तेस्रो खेलमा मेलम्ची ७ काग्रेँसले मेलम्ची १२ लाई पराजित गरेको छ ।
प्रतियोगिताको विजेताले ७५ हजार, दोस्रोले ३५ र तेस्रो हुनेले ५ हजार पुरस्कार पाउने आयोजकका अध्यक्ष प्रेम तामाङले जानकारी दिनुभयो ।
ब्ततबअजmभलतक बचभब