काठमाडौं १३ चैत । चिनियाँ विदेशमन्त्री वाङ यी र राष्ट्रपति विद्यादेवी भण्डारी वीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारी र यी बिच राष्ट्रपति कार्यालय शित्तल निवासमा शिष्टाचार भेटवार्ता भएको हो ।
शुक्रबार तिन दिने भ्रमणमा आएका यी आजै स्वदेश फर्किने कायैतालिका रहेको छ । भण्डारी सँगको भेट पछि उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।
शनिबार यी प्रधानमन्त्री शेरबहादुर देउवार पराष्ट्रमन्त्री डा नारायण खडका सँग भेटवार्ता गरेका थिए । खड्कासँगको भेटवार्तामा चीन नेपालबिच ८ बुँदे समझदारी समेत भएको थियो ।