काठमाडौं १३ चैत । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बनाइएको बंकरभित्र बसेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरसँग भेटेर सेटिङमा संसद विघटन आरोप लगाएका छन् ।
उक्त बंकरमा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेनापतिसँग गोग्य वार्ता गरेको गोप्य वार्ता गरेको खुलासा गरेका अध्यक्ष नेपालले ओलीले गरेका
गलत कामको सूची बनाएर सार्वजनिक गर्न पार्टी निकट पत्रकारहरुलाई निर्देशन समेत दिएका छन् ।
‘बालुवाटारमा घर बनाए । त्यहाँ बंकर पनि बनाइएको छ । बंकर किन बनाएका होलान् ?किनभने तपाईंले सुन्नुभयो नेपाली सेनाका प्रधानसेनापतिसँग, राष्ट्रपतिसँग बसेर धेरैपटक गोप्य कुरा भयो । भनेपछि उनको दिमागमा बंगलादेश चलिरहेको थियो ।’ पार्टी निकट पत्रकारहरुलाई सम्बोधन गर्दै भने ।
साथै, उनले सम्बोधनको क्रममा ओलीले तत्कालीन प्रधानन्यायाधीश जबरासँग भेटेर स्थानीय चुनावमा कुन न्यायाधीश र कुन प्रहरीलाई कहाँ खटाउने भनेर गृहकार्य गरेको समेत बताएका छन् ।