प्रचण्ड , ओली र नेपाल विवेक र विचारयुक्त राजनीतिक नेता होइन टोले गुण्डा हुन् : खगेन्द्र संग्रौला — OSNepal

प्रचण्ड , ओली र नेपाल विवेक र विचारयुक्त राजनीतिक नेता होइन टोले गुण्डा हुन् : खगेन्द्र संग्रौला

LC (KTM) March 27, 2022 0

काठमाडौ १३ चैत । वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली , माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल टोले गुण्डा जस्तो लाग्ने बताएका छन् ।

लेखक संग्रौलाले एक अर्का प्रति चिडिने र गालीगलौज मात्र गरिने रहने द्वेष र दुच्छरपनायुक्त आपसी अविरल निन्दा(वचन सुन्दा प्रचण्ड ओली र नेपाल राजनीति नेता नभई टोले गुण्डा जस्तो लाग्ने बताएका हुन् ।

द्वेष र दुच्छरपनामा ओली अघिअघि,निजको सभक्ति नक्कल गर्दै दाहाल(नेपाल पछिपछि। थुइक्क उनले समाजिक सञ्जालमा लेखेका छन् ।

‘ओली र दाहाल-नेपालका द्वेष र दुच्छरपनायुक्त आपसी अविरल निन्दा-वचन सुन्दा यी विवेक र विचारयुक्त राजनीतिक नेता होइन,खसोखास टोले गुण्डाजस्ता लाग्छन्।द्वेष र दुच्छरपनामा ओली अघिअघि,निजको सभक्ति नक्कल गर्दै दाहाल-नेपाल पछिपछि।थुइक्क!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर