धनगढी २५ जेठ । सुदुरपश्चिम प्रदेश सरकारलाई बचाउन पार्टीको निर्देशन उल्लंघन गर्नेलाई कारवाही हुने भएको छ । आज मंगलबार प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदा नेकपा एमालेको माधव नेपाल समुहका १७ जना प्रदेश सांसदहरुले पार्टीको निर्देशन विपरित मतदान गरेकोले उनीहरुलाई कारवाही हुने प्रदेशमा अध्यक्ष कर्णबहादुर थापाले बताएका छन् ।
पार्टीको निर्देशन विपरित विपक्षीलाई मत दिनु अपराध भएको बताएका अध्यक्ष थापाले यस्तो कार्य क्षम्य नहुने बताएका छन् । मत दिने सबैलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी कारवाही गरिने जनाइएको छ ।