जननेता भण्डारीको जन्मस्थल ढुङ्गेसाँघुसम्म सडक कालोपत्रे हुने — OSNepal

जननेता भण्डारीको जन्मस्थल ढुङ्गेसाँघुसम्म सडक कालोपत्रे हुने

LC (KTM) June 08, 2021 0

फुङ्लिङ, २५ जेठ- तेह्रथुमको सुकेपोखरी हुँदै जननेता मदनकुमार भण्डारीको जन्म घर ताप्लेजुङको ढुङ्गेसाँघुसम्मको सडक कालोपत्रे हुने भएको छ । सोका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु ७० करोडको ठेक्का आह्वान गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पुख्यौली घर तेह्रथुमको छातेढुङ्गा, ईवा, ह्वाकु र चोकपुर खण्ड कालोपत्रे हुन लागेको हो । नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारीको जन्म घरदेखि निगुरादिन र हाम्पाङ खण्डमा आठ किलो मिटर पहिलो चरणमा कोलोपत्रे गर्न बहुवर्षीय योजनाअन्तर्गत ठेक्का आह्वान भएको उत्तरदक्षिण लोकमार्ग, कार्यालय ताप्लेजुङको सूचना अधिकारी ई. माधव पौडेलले बताउनुभयो । यस्तै ताप्लेजुङको सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटी सम्म ११ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । मन्त्रालयले पाथीभरा क्षेत्रको लागि रु ९५ करोडको ठेक्का आह्वान गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर