भारतको दिल्ली सरकारले “इ हेल्थ कार्ड” वितरण गर्ने — OSNepal

भारतको दिल्ली सरकारले “इ हेल्थ कार्ड” वितरण गर्ने

LC (KTM) March 27, 2022 0

नयाँदिल्ली -भारतको दिल्ली सरकारले आफ्ना नागरिकलाई “इ हेल्थ कार्ड” वितरण गर्ने भएको छ ।मुख्यमन्त्री अरविन्द केजरीवालले कार्ड वितरण गर्ने कार्यलाई तयारी अवस्थामा पु¥याउन सम्बन्धित निकायका अधिकारीलाई शुक्रबार निर्देशन दिनुभएको छ ।भारतमा अर्को वर्ष सन् २०२३को मार्चदेखि स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागूगर्ने तयारी भएकाले त्यस अगाडि नै सबैलाई “इ हेल्थ कार्ड” वितरण गरिसक्नु पर्ने भएको हो ।

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू हुनुभन्दा कम्तीमा पनि तीन महिना अगाडि सम्ममा इ हेल्थ कार्ड सबैलाई वितरण भइसक्नु पर्ने अधिकारीले जनाएका छन् ।
स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गराउनका लागि भइरहेको तयारीका बारेमा जानकारी लिन र समीक्षा गर्न शुक्रबार बसेको सरोकारवालाको बैठकमा मुख्यमन्त्री केजरीवालले “इ हेल्थ कार्ड” वितरण सुरु गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

नागरिकलाई वितरण गरिने इ हेल्थ कार्ड क्युआर कोडमा आधारित हुने र त्यसबाट नागरिकका स्वास्थ्यसम्बन्धी सम्पूर्ण विवरण प्राप्त गर्न सकिने अधिकारीले जनाएका छन् ।स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गरेपछि स्वास्थ्य सेवा प्रदान गर्ने र लिने दुवै पक्षलाई सजिलो र छिटो हुने, धेरै झन्झट कटौती हुने सरकारी अधिकारीको दावी छ । (रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर