वैदेशिक लगानी भित्र्याउन अब राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने, यस्तो निवयमावली — OSNepal

वैदेशिक लगानी भित्र्याउन अब राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने, यस्तो निवयमावली

LC (KTM) June 08, 2021 0

काठमाडौँ २५ जेठ । नेपालमा अब वैदेशिक लगानी भित्र्यानउ राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने भएको छ । राष्ट्र बैंकले आज ‘विदेशी लगानी तथा विदेशी ऋण निनियमावली २०७८’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । गत माघमा नै प्रस्ताव राखेपनि स्वीकृत नभएको विनियमावलीलाई राष्ट्र बैंकले आज मंगलबार स्वीकृत गरेको हो ।

यो विनियमावली बमोजिम नेपाल भित्रिएको विदेशी मुद्रा र नेपालबाट बाहिरिएको विदेशी मुद्रालगायतका विवरणहरू समावेश गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाले त्रैमासिक रूपमा प्रत्येक त्रयमास समाप्त भएको १५ दिन भित्र अनुसूची–१७ बमोजिमकोविवरण विभाग वा विभागले तोकबमोजिम पेश गर्नुपर्नेछ ।

यो विनियमावली बमोजिम भित्रिएको विदेशी मुद्रालाई जम्मा गर्दा बैंक तथा वित्तीय संस्थाले नेपाली रुपैयाँमा गर्नुपर्नेछ । तर, रकम भित्र्याउने फर्म, कम्पनी, वा संस्थाको हकमा प्राप्त रकममध्ये केही रकम सम्बन्धित परिवत्र्य विदेशी मुद्रामा नै खाता खोली जम्मा गरिदिन निवेदन प्राप्त हुन आएमा बैंक तथा वित्तीय संस्थाले सोही बमोजिम जम्मा गरिदिन सक्नेछन् ।

राष्ट्र बैंकले जारी गरेको निवयमावली यस्तो छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर