काठमाडौं १२ चैत । तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री डा.नारायण खड्का बिच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीनबीच नौ बुँदे समझदारी भएको छ ।
शुक्रबार नेपाल आएका यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछन् ।
आज भएको सझदारी अघि परराष्ट्र मन्त्रीस्तरमा र प्रतिनिधिमण्डल स्तरमा छलफल भएको थियो ।