गुल्मी १२ चैत । नेकपा (एकीकृत समाजबादीका) अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमालेलाई गुल्मीमा हराएर छाड्ने बताएका छन् ।
शनिबार जिल्ला स्तरीय अगुवा कार्यकता भेलालाई तम्घासमा सम्बोधन गर्दै अध्यक्ष नेपालले गुल्मीमा एमालेलाई पराजित गरेर छाड्ने जिकिर गरेका हुन् ।
ओलीलाई गुल्मीबाट पराजित गर्न नेकपा एसकी नेत्रृ तथा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई केही दिन जिल्लामा बसेर काम गर्न अध्यक्ष नेपालले निर्देशन समेत दिएका छन् ।
जसरी राजतन्त्र हटाउन आन्दोलनमा उत्रिएका थियौं, अब त्यसगरी ओली प्रवृत्तिका निम्ति पनि सबै शक्ति एक भएर अगाडी बढ्ने उनले बताएका छन् ।
ओलीको अंहकारी सोचका कारण सातै प्रदेशमा एमालेमाथि सूर्य ग्रहण लागेको भन्दै उनले एमालेमा ओलीका आसेपासेहरु मात्र रहेको आरोप समेत अध्यक्ष नेपालले लगाएका छन् ।