डाँका मुद्दामा दोषी फरार लालबहादुर ३८ वर्षपछि पक्राउ — OSNepal

डाँका मुद्दामा दोषी फरार लालबहादुर ३८ वर्षपछि पक्राउ

LC (KTM) June 08, 2021 0

धनगढी २५ जेठ । नेपाल प्रहरीले ३८ वर्षअघि डाँका मुद्दामा दोषी ठहर भएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलौरी नगरपालिका–२ का ५५ वर्षीय चन्द्रकान्त भनिने लालबहादुर लुहार रहेका छन् ।

उनलाई हिजो सोमबार उनकै घरबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो । लुहार विरुद्ध २०४० सालमा हातहतियार देखाए बेलौरी नगरपालिकामा रहेको लारी डिस्टिलरीबाट अन्तःशुल्क वापतको सरकारी रकम लुटेको आरोप लागेको छ ।

अहिले उनलाई जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर