राजनीतिक दबाबका कारण युट्युबबाट हटाइएको पशुपति शर्माको चर्चित गीत ‘लुट्न सके लुट कान्छा’ पुनः युट्युवमा सार्वजनिक — OSNepal

राजनीतिक दबाबका कारण युट्युबबाट हटाइएको पशुपति शर्माको चर्चित गीत ‘लुट्न सके लुट कान्छा’ पुनः युट्युवमा सार्वजनिक

LC (KTM) June 08, 2021 0

काठमाडौं-राजनीतिक दबाबका कारण युट्युबबाट हटाइएको पशुपति शर्माको चर्चित गीत ‘लुट्न सके लुट कान्छा’ पुनः युट्युवमा सार्वजनिक गरिएको छ । उनले आफ्नो युट्युव च्यानलमार्फत उक्त गीत पुनः सार्वजनिक गरेका छन् । गत शाल युट्युवमा प्रिमियर भएको यो गीत राजनीतिक दबाब आए पछि उनले युट्युवबाट हटाएका थिए।

सत्तामा रहेको दल नेकपा समर्थक र नेताले सामाजिक संजालमा चर्को विरोध जनाएपछि शर्माले उक्त गीत बाध्य भएर हटाएका थिए ।सो गीतमा अरबौंको हेलिकोप्टर राष्ट्रपतिलाई किनिएको, वाइडबडीको भ्रष्टाचारीमाथि कार्वाही नभएको, सुब्बा खरदारले भ्रष्टाचार गर्ने गरेको, सरकारी डाक्टरले क्लिनिकमा बिरामी बोलाउनेजस्ता कुराहरु उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर