काठमाडौं १२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकलाई समृद्धि बनाउन कांग्रेस , एमाले र माओवादीलाई कति वर्ष थपिदिनु पर्ला भन्दै प्रश्न गरेका छन् ।
आक्रोशित मुद्रामा देखिएका अध्यक्ष लिङदेनले यी तिन दलले धेरै वर्ष देखि देशलाई समृद्धिको बाटो तिर लान नसकेको भन्दै अझै कति भनी प्रश्न गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई कति वर्षए थप गर्यो भने देश बनाउन सक्नुहन्छ कोही कांग्रेसले भन्न सक्छ भन्दै नेपाली कांग्रेस नेतृत्वको सरकारको आलोचना गरेका छन् ।
आज शनिबार काठमाडौंमा आयोजित पार्टी कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी राप्रपालाई ठुलो पार्टी बनाएर एक पटक सत्तामा पुर्याइदिन जनतासँग आग्रह गरेका छन् ।
‘शेरबहादुर देउवालाई कति पटक वा कति वर्ष थपिदियौँ भने देश बनाउन सक्षम हुनुहोला ? कोही कांग्रेसीजनले भन्न सक्छ ? शेरबहादुर देउवालाई ५ वर्ष दियौँ भने यो देश बन्छ’ उनले प्रश्न गरेका छन् ।
नितै दलका अध्यक्ष प्रति आक्रोश पोखेका उनले एमालेका अध्यक्ष केपी ओली , माओवादीका अध्यक्ष प्रचण्ड र कांग्रेसका सभापति देउवाको कार्यशैली प्रति आलोचना गरेका हुन् ।