खाद्य सामग्री बोकेको पिकअप अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृ त्यु — OSNepal

खाद्य सामग्री बोकेको पिकअप अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृ त्यु

LC (KTM) June 08, 2021 0

मिक्लाजुङ, २५ जेठ – मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृ त्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन् । थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप हिलिहाङ–६ टाहारी नजिकै अनियन्त्रित भई आज बिहान पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

यो पनि:- मुख्यमन्त्री भट्टलाई विश्वासको मत- नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको आजको बैठकमा उहाँका पक्षमा ३० मत खसेको थियो । बैठकमा सभामुख अर्जुन शाहले उक्त मत प्रदेशसभामा तत्काल उपस्थित सदस्यको बहुमत भएको घोषणा गर्नुभयो । सभामा कुल ५२ सदस्य छन् । तीमध्ये पक्षमा ३० र विपक्षमा नौ मत खसेको थियो । उहाँले मतदान प्रक्रियामा सहभागी नहुने सदस्यको सङ्ख्या १२ रहेका बैठकमा जानकारी दिनुभयो । नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्री भट्ट नेतृत्वकै सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर