भारतमा घट्दै कोरोना:२४ घण्टामा ८६ हजार संक्रमित भेटिए, २ हजार १२३ जनाको मृ त्यु — OSNepal

भारतमा घट्दै कोरोना:२४ घण्टामा ८६ हजार संक्रमित भेटिए, २ हजार १२३ जनाको मृ त्यु

LC (KTM) June 08, 2021 0

नयाँ दिल्ली जेठ २५ – भारतमा सोमबार एक लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको छ । गत २४ घण्टामा भारतमा थप ८६ हजार ४९८ थप व्यक्तिको कोरोना सङ्क्रमण भएको छ । कोरोना सङ्क्रमितको यो संख्या ६३ दिनयताको सव भन्दा कम हो । कोरोना सङ्क्रमण शुरु भएयता यहाँ सङ्क्रमितको जम्मा संख्या २ करोड ९० लाख ९७ हजार १०९ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय मङ्गलबार जानकारी दिएको छ । त्यसैगरी भारतमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्यामा सोचेजस्तो कमि नआए तापनि केही समययता यस प्रकोपको कारण ज्या न गुमाउने पनि केही कम भने भएको मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

भारतमा गत २४ घण्टामा २ हजार १२३ जनाको कोरोना सङ्क्रमणबाट मृ त्यु भएपछि यहाँ कोरोनाबाट मृ त्यु भएका व्यक्तिको संख्या ३ लाख ५१ हजार ३०९ पुगेको छ । गत २४ घण्टामा भारतमा १ लाख ८२ हजार २८२ जना सङ्क्रमित कोरोना मुक्त भएका छन् । यसैसँग भारतमा हालसम्म २ करोड ७३ लाख ४१ हजार ४६२ जना व्यक्ति कोरोना मुक्त भएका छन् । ,

हाल यहाँ १३ लाख ३ हजार ७०२ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा जुन ६ तारिखसम्म ३६ करोड ६३ लाख ३४ हार १११ जनाको कोरोना परिक्षण गरेको सरकारी स्रोतले जानकारी दिएको छ ।गत जनवरी १६ तारिखबाट यहाँ कोरोना भाइरसविरुद्ध खोपको अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म कोरोना भाइरसविरुद्ध २३ करोड ६१ लाख ९८ हजार ७२६ डोज खोप लगाइएको छ ।रासस÷सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर