काठमाडौं १२ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरमा भएको विकासले राष्ट्रियस्तरमा मात्रै नभइ अन्तर्राष्ट्रियस्तरमै नेपालीको परिचय फराकिलो बनाउने दावी गरेका छन् ।
शनिबार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित एक समारोहमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।’ललितपुर महानगरपालिकामा भएको विकासले अन्तर्राष्ट्रियस्तरमै नेपाल र नेपालीको परिचय फराकिलो बनाउन सहयोग पुग्छ’ उनले भने ।
उक्त समारोहमा प्रधानमन्त्री देउवाले विकास निमार्णको काम स्थानीय सरकारलाई दिनुपर्ने भन्दै स्थानीय सरकारलाई दिएको अधिकांश काम राम्रो र छिटो तथा गुणस्तरी ढंगबाट सम्पन्न भएको दावी समेत गरेका छन् ।
२०७२ सालको भुकम्प पछि क्षति ग्रस्त भएको ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण स्थानीय व्यावसायी र दाताहरूको आर्थिक सहयोगमा भएको हो ।