आज यि स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना — OSNepal

आज यि स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

LC (KTM) March 26, 2022 0

काठमाडौँ, १२ चैत-शनिबार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उक्त प्रणालीको प्रभावले प्रदेश नं १ तथा बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही सोही प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भूभागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

राति प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर