प्रेस सेन्टर बागलुङको समन्वयमा विज्ञान पत्रकारिता तालिम — OSNepal

प्रेस सेन्टर बागलुङको समन्वयमा विज्ञान पत्रकारिता तालिम

LC (KTM) March 26, 2022 0

बागलुङ चैत १२ – विपि कोइराला मेमोरियल प्लाटेरियम अब्जरभेटरी र विज्ञान संग्रहलाय विकास समितिको आयोजनामा विज्ञान तथा प्रविधी पत्रकारिता तालिम सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल बागलुङको समन्वय तथा सहकार्यमा सञ्चालित तालिममा जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत २५ जना कृयाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

गलकोट माध्यमिक विद्यालयको हलमा २ दिन सम्म सञ्चालित तालिममा पत्रकारलाई विज्ञान तथा प्रविधि पत्रकारिता, विज्ञानको महत्व सम्वन्धी समाचार लेखन, पत्रकारिता मार्फत विज्ञानको बारेमा सर्वसाधारणलाई जानकारी गराउने, वास्तविक तथ्यपरक र सत्य अनि सन्तुलित समाचार लेखन, वैज्ञानिक अवधारणा, विज्ञानमा सञ्चारका चुनौती, विज्ञानमा वैज्ञानिकको भुमिका, विज्ञान सञ्चारको आधारभुत अवधारणा, विज्ञान पत्रकारितामा उत्तरदायित्व नैतिक र व्यवसायिक स्तर सुधार वेबमा आधारित विज्ञान सञ्चार र विज्ञान सञ्चारका चुनौतिहरु र पत्रकारहरुको दृष्टिकोण लगायतका विषयमा प्रोफेसर डा. हरिप्रसाद लामिछाने, डा. सनत कुमार शर्मा, नेपाल टेलिभिजनका डा. टंक प्रसाद उप्रेती, वरिष्ठ पत्रकार डा. कुन्दन अर्याल, डा. हरिशंकर मल्लिकले सहजीकरण गरेका थिए ।

मोफसलका पत्रकारहरुलाई विज्ञान पत्रकारितामा थप अब्बल बनाउँदै डिजिटल युगमा पत्रकारिताको महत्वलाई थप दर्शाउन यो तालिमले महत्वपुर्ण भुमिका खेल्ने प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थम्मन थापाले बताए । उनले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको कार्यक्रम अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको उल्लेख गरे । सो अवसरमा जिल्ला स्थित विभिन्न विद्यालयमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययन गर्ने १ सय १२ जना विद्यार्थीहरुलाई विज्ञान विषयको भौतिक शास्त्र, रसायन शास्त्रको बारेमा सहजीकरण गरिएको थियो । विपि कोइराला मेमोरियल प्लाटेरियम अब्जरभेटरी र विज्ञान संग्रहलाय विकास समिति काठमाण्डौका कार्यकारी निर्देशक डा. सनत कुमार शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर