मुख्यमन्त्री त्रिलोच भट्टलाई विश्वासको मत प्राप्त — OSNepal

मुख्यमन्त्री त्रिलोच भट्टलाई विश्वासको मत प्राप्त

LC (KTM) June 08, 2021 0

धनगढी,२५जेठ- नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको आजको बैठकमा उहाँका पक्षमा ३० मत खसेको थियो । बैठकमा सभामुख अर्जुन शाहले उक्त मत प्रदेशसभामा तत्काल उपस्थित सदस्यको बहुमत भएको घोषणा गर्नुभयो ।

सभामा कुल ५२ सदस्य छन् । तीमध्ये पक्षमा ३० र विपक्षमा नौ मत खसेको थियो । उहाँले मतदान प्रक्रियामा सहभागी नहुने सदस्यको सङ्ख्या १२ रहेका बैठकमा जानकारी दिनुभयो । नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्री भट्ट नेतृत्वकै सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर