फारम भरेको १५ दिनमा नै स्मार्ट सवारी लाइसेन्सको परिक्षा दिन पाइने, लाइसेन्स घरसम्मै डेलिभरी — OSNepal

फारम भरेको १५ दिनमा नै स्मार्ट सवारी लाइसेन्सको परिक्षा दिन पाइने, लाइसेन्स घरसम्मै डेलिभरी

LC (KTM) March 25, 2022 0

काठमार्डौंं ११ चैत । यातायात व्यवस्था विभागले आगामी जेठबाट स्मार्ट सवारी लाइसेन्सको नियमित र सहज वितरण सुरु गर्ने भएको छ । विभागको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले यस्ता जानकारी गराएका हुन् ।

उनले सन् २०२१ को करिब २ लाख ८ हजार र सन् २०२२ लागेयताको करिब १ लाख लाइसेन्स छपाइको काम बाँकी रहेको समेत जानकारी दिएका छन् । जेठ देखि नै नयाँ सवारीको लाइसेन्सको आवेदन खुल्ने जानकारी गराएका उनले जेठपछि नवीकरण गर्नेहरुले एक महिनाभित्रै स्मार्ट लाइसेन्स पाउने दावी गरेका गरेका छन् ।

उनले भने , ‘शुल्क लिएर घरसम्मै डेलिभरी गरिदिन सकिन्छ भनेर हामीले मन्त्रालयमा प्रस्ताव पठाएका छौं । ट्रायलमा पास भएर नयाँ लाइसेन्स बनाउनेहरुका लागि एक वर्षको परीक्षणकालीन लाइसेन्स जारी भइरहेको पनि उनले बताएका छन् ।

अहिले दैनिक ६ हजार जना मात्रै परीक्षामा सहभागी हुँदैछन्, अब क्षमता बढाएर १५ हजार बनाउँछौं,’त्यसपछि एउटा नागरिकता नम्बर भएका व्यक्तिले एकपटक मात्रै अनलाइन आवेदन भर्नसक्ने बनाएर बिचौलिया रोक्छौं ।’ उनले भने ।

जेठसम्म फारम भरिसकेका ५ लाख ७२ हजार सोवग्राहीसँग परीक्षा लिइसक्ने जानकारी दिएका उनले अब फारम भरेको १५ दिनमा नै परिक्षा दिन पउने व्यवस्था बनाइने पनि बताएका छन् ।

‘आवेदन प्रणालीमा देशभरका जुनसुकै यातायात कार्यालयमा १५ दिनभित्र उपलब्ध रिक्त सिट आवेदकले हेर्न पाउने र आफ्नो पायक पर्ने कार्यालयमा आवेदन दिएर तुरुन्तै अनलाईनबाट शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था गर्छौं,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर