काठमाडौं ११ चैत । नेपाली कांग्रेसका पाँच प्रदेश सभापति चुनावी गठबन्धनको विपक्षमा देखिएका छन् । उनीहरुले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गठवन्धन गर्न नहुने बताएका छन् ।
जसमा गण्डकीका शुक्रराज शर्मा,कर्णालीका ललितजंग शाही , सुदूरपश्चिमका विरबहादुर बलायर,मधेस प्रदेशका कृष्ण यादव र लुम्बिनीका अमरसिंह पुन गठवनन्धको विपक्षमा देखिएका छन् । जसमा गण्डकी र लुम्बिनी प्रदेशका शर्मा र पुन गठबन्धन गर्नै नहुने पक्षमामा रहेका छन् ।
सात प्रदेशमध्ये सुदूरपश्चिमका बलायर बैठकमा सहभागी नै भएनन् । उनी पनि गठवन्धनको पक्षमा छैनन् । प्रदेश १ का उद्धव थापा र वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ भने गठबन्धनको पक्षमा देखिएका छन् ।
एमाले एक्लो भएपनि कमजोर नभएको भन्दै गठवन्धन गर्नुपर्ने बताएका छन् । त्यसैगरी मधेश प्रदेशका यादव भने गठवन्धन गर्दा स्थानीय आवश्यकतालाई प्रमुख आधार मान्नुपर्ने बताएका छन् ।