काठमाडौं ११ चैत । नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय विभाग र प्रदेश कमिटी विभागको नेतृत्व टुंगो लगाएको छ ।
केन्द्रीय कमिर्टीको तेस्रो पूर्ण बैठकले केन्द्रीय विभाग र प्रदेश कमिटी विभागको नेतृत्व टुंगो लगाएको हो ।
पार्टीले आर्थिक विभाग प्रमुखमा सोमप्रसाद पाण्डे तथा अर्थ तथा योजना विभागमा डा। विजयकुमार पौडेलको नाम टुंगो लगाएको छ ।
त्यसैगरी उद्याशील विकाशमा विभागमा डा. तारा प्रसाद जोशी र खेलकुद विभागमा केशव विष्ठ रहेका छन् ।