साना केटाकेटीहरुलाई ललाइफकाई उनीहरुका गहना चोरी गरेको आरोपमा स्याङ्जा चापाकोटकी २५ वर्षीय अम्बिका पुलामी मगर पक्राउ परेकी छन् । ४ चैतमा बालबालिकाको कानको मुन्द्रा चोरेको आरोपमा उनी समातिएकी हुन् । एउटै आरोपमा उनी समातिएको दोस्रोपटक हो ।
उनी यसअघि ५ पुसमा जिल्ला अदालत कास्कीबाट धरौटीमा छुटेकी थिइन् । चोरीसम्बन्धी कसुरमा समातिएपछि १ लाख रुपैयाँ धरौटी बुझाएर छुटेकी २५ वर्षीया पुलामी फेरि पक्राउ परेकी छन् । स्याङ्जा घर भई पोखरा रामबजार बस्ने उनलाई ४ चैतमा घर नजिकैबाट पक्राउ गरिएको हो ।
अम्बिकासँगै सुन पसल सञ्चालक ६४ वर्षीय थमनसिंह विश्वकर्मा र २७ वर्षीय नितेश विश्वकर्मालाई पनि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । हेर्नुहोस भिडियोमा