काठमाडौं ११ चैत । सत्तारुढ दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडलेले संस्थापनइतर नेता–कार्यकर्ताको संरक्षण आफूले मात्र गर्ने जिकिर गरेका छन् ।
शुक्रबार पार्टीको केन्द्रिय समितिको बैठक अगावै नेता पौडेलले आफुपक्षका जिल्ला सभापतिरू तथा नेताहरुको बैठक बोलाएका थिए । बैठकमा नेता पौडेलले छुट्टै समुह बनाउन चाहेको भन्दै आफुालई सहयोग गर्न समेत आग्रह गरेका बताइएको छ ।
बैठकमा सहभागी एक नेताले पौडलको भनाई उदृत गर्दै भने, ‘छुट्टै समूह बनाएर अघि बढ्ने ,शेरबहादुरइतर टिमको तपाईंहरूको अभिभावक म नै हो । तपाईंहरूको म संरक्षण गर्छु । ‘
साथै वैठकमा स्थानीय तहलाई गठबन्धनमा निर्णय गर्ने अधिकार दिनुपर्ने विषयमा समेत छलफल भएको छ ।