काठमाडौं ११ चैत । उत्तर प्रदेशमा योगी आदित्यनाथले दोस्रो कार्यकालका लागि मुख्यमन्त्री पदको शपथ ग्रहण गर्नुभन्दा केहि घण्टा घण्टा अगाडी प्रहरीको कारवाहीमा राहुल सिंह भन्ने एक व्यक्ति मारिएका छन् ।
प्रदेशको राजधानी लखनउको हसनगञ्ज क्षेत्रमा रहेको अलीगञ्ज ज्वलेर्समा भएको लुटपाटका आरोपी रहेका उनी माथि एक लाख रुपौंयोको इनाम समेत तोनिएको थियो । उक्त लुटपाटका क्रममा एक व्यक्तिको हत्यासमेत भएको थियो ।
आज शुक्रबार बिहान हसनगञ्ज क्षेत्रमा उनी रहेको प्रहरीले सुचना पाएपछि प्रहरीको घेरावन्दीमा गोली लागेर उनको ज्यान गएको हो ।
आज हुने सपथ ग्रहणमा समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह लगायतका विशिष्ट पाहुनाहरु सहभागी हुने भएका छन् ।