संविधानविद् आर्चायले आमाको सम्झनामा लेखे यस्तो मन छुने शब्दहरु,भन्छन् आमाको पूर्ति कसै गरे पनि हुन सक्दो रहेनछ — OSNepal

संविधानविद् आर्चायले आमाको सम्झनामा लेखे यस्तो मन छुने शब्दहरु,भन्छन् आमाको पूर्ति कसै गरे पनि हुन सक्दो रहेनछ

LC (KTM) June 08, 2021 0

काठमाडौँ २५ जेठ । संविधानविद् भिमार्जुन आर्चायले आज आफ्नी आमालाई सम्झेर आमाको पूर्ति कसै गरे पनि हुन सक्दो रहेनछ भनेका छन् दुई वर्ष अघि आजकै दिन आमा गुमाएका आर्चायले सामाजिक सञ्जाल मार्फत यस्तो मन छुने शख्ब्द लेखेका हुन् ।

उनले लेखेका छन् , मैले यति कुरा आज लेख्नुको कारण मेरी आमालाई सम्झनका लागि मात्र होइन । जसको आमा र बुबा हुनुहुन्छ कृपया आफ्नो गच्छे अनुसारको सेवा मनदेखि नै गर्नु होला । आमा र बुबाको भन्दा ठूलो आशीर्वाद रब्लेशिङग भगवानको पनि हुन सक्दैन । मेरी आमाको चीर शान्तिको कामना गर्छु ।

आर्चार्यले लेखेका छन्दु:ई वर्ष पहिले आजको दिन मैले मेरी आमालाई गुमाएको थिए। अरूलाई पनि उपयोगी हुन सक्ने आमासँगका थुप्रै सस्मरणहरू मसँग छन। कुनै समयमा सार्वजनिक गरूँला। जीवनमा पूर्णता शायद संभव छैन । धेरै चीजको अभाव वा रिक्तता सधैं रहन्छ नै । कतिपय अभाव र रिक्तताको पूर्ति पनि भैरहेको हुन्छ । तर, आमा नहुनुको पीडा, अभाव र रिक्तता धेरै ठूलो हुँदो रहेछ । जसको पूर्ति कसै गरे पनि हुन सक्दो रहेनछ ।दुई दिन पहिले राति मलाई केही भयो भने तिमीहरुलाई गार्हो हुन्छ, मलाई बिहान बिदा गरे भन्नुभाथ्यो। पर्सिपल्ट बिहान ९ बजे हामीसँग सधैंकालागि टाढिनु भयो । यस्तो हुन्छ आमाको ममता । मैले यति कुरा आज लेख्नुको कारण मेरी आमालाई सम्झनका लागि मात्र होइन । जसको आमा र बुबा हुनुहुन्छ कृपया आफ्नो गच्छे अनुसारको सेवा मनदेखि नै गर्नु होला । आमा र बुबाको भन्दा ठूलो आशीर्वाद रब्लेशिङग भगवानको पनि हुन सक्दैन । मेरी आमाको चीर शान्तिको कामना गर्छु: ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर