काठमाडौं ११ चैत । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले केन्द्रिय पार्टी कार्यालय सानेपामा विरोध प्रदर्शन गर्ने भएका छन् ।
प्रधानमन्त्री समेत रहेका पार्टीका सभापति शेरबहादुर देउवालले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि कोइराला समुह असन्तुष्ट भएका हुन् ।
देउवाले एकलौटी रुपमा नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनय गरेको भन्दै आज बस्ने केन्द्रिय समितिको बैठक आगाडी नै शान्तिपुर्ण रूपमा केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरिने पूर्वकेन्द्रीय सदस्य प्रेमिका रानामगरले जनाएकी छन् ।
यस विषयमा छलफल गर्न बिहिबार साँझ पाँच बजे कोइराला समूहको बालुवाटारमाअनौपचारिक छलफल भएको थियो ।