झापाको शिवसताक्षीमा जारी दोस्रो कर्णबहादुर स्मृति अन्तराष्ट्रिय भेट्रान कपको विहीबारको खेलमा जदाह भेट्रान क्लब मोरङ्ग फाइनलमा प्रवेश गरेको छ । भरौला भेट्रान क्लब कालाबन्जार सुनसरीलाई २–० गोल अन्तरले हराउँदै जदाह भेट्रान क्लब फाइनलमा प्रवेश गरेको हो ।
जदाह क्लबले शनिरबारको फाइनल खेलमा धरान भेट्रानसँग भेट पक्का गरेको हो । खेलको ८ औं मिनेटमा जदाह भेट्रान क्लबको तर्फबाट जर्सी नं. २ योगेन राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको ५ औं मिनेटमा जदाहका तर्फबाट लिलाराम मगरले दोस्रो गोल गर्दै २– ० को अन्तर बनाए ।
जदाह क्लबले भरौला क्लब कालाबन्जाराई दवावमा राखेर खेलेको थियो । खेलको म्यान अफ दी म्याच जदाह भेट्रान क्लबका जर्सी नंं ७ का डेनिस राई घोषित भए । उनले नगद रु १५ सय प्राप्त गरे । शनिबारको फाइनल खेल जदाह भेट्रान क्लब मोरङ्ग र धरान क्लब सुनसरी बीच हुने छ । प्रतियोगिताको विजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाण् पत्र पाउने छन् । उपविजेताले ४५ हजार सहित मेडल, ट्रफी, र प्रमाण पत्र प्राप्त गर्ने छन् ।