लकडाउनको मौका छोपेर यि युवकले कुदाई रहेका थिए ट्रिपर, ठ्याक्कै प्रहरीको आँखा ट्रिपरमा पर्यो — OSNepal

लकडाउनको मौका छोपेर यि युवकले कुदाई रहेका थिए ट्रिपर, ठ्याक्कै प्रहरीको आँखा ट्रिपरमा पर्यो

LC (KTM) June 08, 2021 0

काठमाडौ । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट प्रहरीले टिपरमा अवैधरूपमा जङ्गली बँदेलको मासु लुकाएर लैजाँदै गरेका तीन जनालाई गएराति पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार ना १ ख ५७७२ नंको टिपरमा बँदेलको मासु लग्दै गरेका वेदकोट नगरपालिका–६ का दिनेश चौधरी, शुक्लाफाँटा नगरपालिका–११ का विशाल टमटा र टिपर चालक मानबहादुर सुनार पक्राउ परेका छन् ।

टिपरमा अवैधरूपमा जङ्गली बँदलेलको मासु लुकाएर लैजाने कार्यमा संलग्न तीनै जनामाथि प्रहरीले अनुसन्धान कार्य अगाडि बढाएको छ । टिपरसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर