दैनिक २२ करोड रूपैयाँको अतिरिक्त व्ययभार थपियो अब धान्न सक्दैनौं :कुलमान घिसिङ — OSNepal

दैनिक २२ करोड रूपैयाँको अतिरिक्त व्ययभार थपियो अब धान्न सक्दैनौं :कुलमान घिसिङ

LC (KTM) March 24, 2022 0

काठमाडौं १० चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट किन्ने विद्युत्को मूल्य बढी हुँदा दुई दिन नेपाली उद्योगमा समस्या आएको भन्दै आज रातिबाट समाधान हुने बताएका छन् ।

घिसिङले लामो समयसम्म २० भारु अर्थात् ३८ रूपैयाँमा खरिद गरेर सस्तो मूल्यमा उद्योगलाई बिजुली दिन नसक्ने पनि स्पष्ट पारेका छन् । तर महँगोमै विद्युत् किने पनि उद्योगलाई भने बढी मूल्य नलगाने समेत उनले जानकारी गराएका छन् ।

बिहिबार पत्रकार सम्मेलन गर्दै घिसिङले एक हप्ताका लागि उच्च मूल्यमा भए पनि जोहो गरेका भन्दै लामो समय यसलाई जारी राख्न नसकिने बताएका हुन् ।

भारतसँग प्रतियुनिट २० भारु अर्थात् ३८ रूपैयाँमा खरिद गरे विद्युत खरिद गर्दा प्राधिकरणलाई दैनिक २०– २२ करोड रूपैयाँको अतिरिक्त व्ययभार थपिएको समेत उनले बताएका छन् ।

यस विषयलाई आफुले अर्थमन्त्रीसँग पनि छलफल गरिसकेको र त्यताबाट पनि सकारात्मक प्रतिक्रिया आएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर